Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यस्ता छन् मन्त्रिपरिषद् बैठकले आज गरेका मुख्य निर्णयहरू

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको छ । तिमध्ये मुख्य चार निर्णयहरु यसप्रकार रहेका छन् ।

आज बसेको बैठकलले नेपाल प्रहरीमा तीन जना एआईजीको दरबन्दी थप गर्नेदेखि सर्वोच्चले कैद र जरिवाना ठहर गरेका सीईओ रामेश्वर भट्टराईलाई पदबाट बर्खास्त गर्नेसम्मको निर्णय गरेको छ ।

त्यसैगरी बैठकले धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गर्ने निर्णय गरेको छ भने गृह मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद निरौलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकले आज गरेका मुख्य निर्णयहरू:

१. नेपाल प्रहरीमा तीन जना एआईजीको दरबन्दी थप

२. धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त

३.मन्त्रिपरिषद बैठकस् मुकुन्दप्रसाद निरौला सचिवमा बढुवा

४.सर्वोच्चले कैद र जरिवाना ठहर गरेका सीईओ भट्टराई पदबाट बर्खास्त

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077