Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • फुटबलर हरि खड्का नक्कली प्रमाणपत्रको मुद्दामा दोषी ठहर

    फुटबलर हरि खड्का नक्कली प्रमाणपत्रको मुद्दामा दोषी ठहर

    अनलाइन नेपाल
  • बिहिबार, ५ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् ।

    बिहीबार विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको संयुक्त इजलासले नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा खड्कालाई
    दोषी ठहर गरेको हो।



    खड्काले नेपाल प्रहरीमा सेवा प्रवेशका लागि बुझाएको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।



    १ कात्तिक २०५५ मा प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएका खड्का १४ पुस २०५९ मा प्रहरी नायब निरीक्षकमा बढुवा भएका थिए । खड्काले सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट फुटबल खेलेका थिए ।

    त्यसपश्चात ६ वर्षसम्म पुलिस टिममा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका उनले प्रमाणपत्रको विवाद आएपछि पदबाट राजीनामा दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार