Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बिपी प्रतिष्ठानका पदाधिकारीलाई काममा रोक नलगाउन सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई काममा रोक लगाउने सरकारको निर्देशन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरिले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बिहीबार यस्तो आदेश जारी गरेको हो ।

सर्वोच्च स्रोतका अनुसार फागुन १५ गते दुबै पक्षलाई छलफलका लागि अदालतमा उपस्थित हुन भनिएको छ। सर्वोच्चको अल्पकालिन अन्तरिम आदेशसँगै अब प्रतिष्ठानमा फर्किएर गिरिसहितका पदाधिकारीले काम गर्न पाउनेछन्।

गत पुस ३० गतेको मन्त्रिपरिषद् बैठकले बिपी प्रतिष्ठानका बहालवाला पदाधिकारीहरूलाई काम गर्न रोक लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077