काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ सत्तारुढ गठबन्धन रहने वा नरहने भन्ने अहिले बेलुकी ५ बजे बस्ने बैठकले निक्र्र्याेल गर्ने बताएका छन्।
केही बेरअघि सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको भेटपछि प्रचण्डले यस्तो बताएका हुन्। ‘गठबन्धननको भविष्य आज ५ बजे बस्ने बैठकले तय गर्छ,’ बैठकपछि बाहिरिएका प्रचण्डले भने ।
आफूहरू गठबन्धन जोगाउन पक्षमा रहेका बताएका प्रचण्डले सोहीअनुसार बैठकमा प्रस्तुत हुने बताए ।
अहिले पाँच बजे गठबन्धनको निर्णायक बैठक बस्दैछ। बैठकमा एमसीसीलगायतका विषयमा साझा धारणा बनाउने प्रयास हुने बताइएको छ।
Leave a Reply