Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसीबारे प्रचण्डप्रति गगनको कटाक्ष : 'हामी बालुवाटारमा एउटा र खुमलटारमा अर्को कुरा गर्दैनौँ'

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकी सहयोग परियोजना एमसीसीको बिषयलाई लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई कटाक्ष हानेका छन्।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेस नेता अर्जुननरसिंह केसीको पुस्तक विमोचन कार्यक्रममा महामन्त्री थापाले प्रचण्डलाई कटाक्ष हानेका हुन्।

प्रचण्डलाई लक्षित गर्दै थापाले भने,'काँग्रेस बालुवाटारमा एउटा कुरा र खुमलटारमा अर्को कुरा गर्ने पार्टी होइन। काँग्रेस सबै कुराको हेक्का राखेर आफ्नो अडानमा उभिन्छ।’

थापाले कांग्रेस सरकारमा भए पनि नभए पनि सँधै एउटै कुरा गर्ने बताए। 'एमसीसीबारे कांग्रेसको सधैँ एउटै कुरा हुन्छ', थापाले भने 'हामी सत्तामा हुँदा एउटा र प्रतिपक्षीमा हुँदा अर्को कुरा गर्दैन ।’

कांग्रेस आफूलाई ठीक लागेको विषयमा सँधै एउटै अडानमा रहने थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077