पाल्पा । जिल्ला अदालत पाल्पाले आमाको हत्या आरोपमा छोरासहित चार जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । जिल्लाको तानसेन नगरपालिका–६, स्कुलडाँडाकी ६५ वर्षीया वृद्धा सरस्वतीदेवी घर्ती मगरको हत्या आरोपमा पक्राउ परेका चार जना अदालतले कारागार चलान गरेको हो ।
हत्या आरोपमा पक्राउ परेका तानसेन नगरपालिका-६, भैरवस्थान घर भई कुन्सरे बस्दै आएका २३ वर्षीय हरिबहादुर सुनार, कुन्सरेका ४२ वर्षीय कमलबहादुर घर्ती थापा, बगनासकाली गाउँपालिका-६ घर भई सोही स्थान बस्दै आएका २७ वर्षीय सुनिल परियार, रिब्दीकोट गाउँपालिका-४, तानसेन नगरपालिका-७, घर भएका ३१ वर्षीय विजय परियारलाई मुद्दा पुर्पक्षका लागि कारागार चलान गरेको गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कमलबहादुर वृद्धाको माहिलो छोरा हुन् ।
चारै जनालाई एक महिनाअघि प्रहरीले पक्राउ गरेर ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गर्दा प्रतिवादीहरूले हत्या गरेको स्वीकार गरेकाले अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।
पुस २३ गते आफ्नै घरमा सुतिरहेकी ६५ वर्षीया घर्तीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको उनीहरुले स्वीकारेको उनले बताए ।
Leave a Reply