Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

धनगढी-अत्तरिया ६ लेन सडकमा डिभाइडरसँग मोटरसाइकल ठोक्किँदा गोदावरी नगरपालिका-५ का अन्दाजी ३१ वर्षीय दलबहादुर भट्टराईको मृत्यु भएको हो ।

बुधबार अत्तरियाबाट धनगढी आउँदै गरेको से५प ३९४६ नम्बरको मोटरसाइकल धनगढी उपमहानगरपालिका-१३ स्थित ६ लेन सडकमा राखिएको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका भट्टराईको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा हिजो बेलुका मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077