Online Nepal
  • बिहिबार, १५ कार्तिक २०८१
  • सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै, एमसीसीबारे ‘निर्णायक’ वार्ता हुने

    सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै, एमसीसीबारे ‘निर्णायक’ वार्ता हुने

    अनलाइन नेपाल
  • बिहिबार, ५ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे आज सत्ता गठबन्धन दलमा निर्णायक वार्ता हुँदै छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे गठबन्धनको बैठक बस्न लागेको हो । सत्ता गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताहरु एमसीसी बारे छलफल गर्न जुटेका हुन् ।



    बुधबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलपछि गठबन्धनको बैठक तय भएको हो ।



    एमसीसी अनुमोदनका लागि बुधबार प्रतिनिधिसभामा टेबल गर्ने चर्चा थियो । तर, कार्यसूचीमै परेन । प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी अघि बढाउने पक्षमा रहेको पछिल्ला गतिविधिले देखाएको छ ।

    एमसीसी जसरी पनि टेबल गरेर पास गर्नुपर्ने तयारीमा जुटेका प्रधानमन्त्री देउवाले गठबन्धनमा रहेका दलहरुकै असहयोगपछि निर्णायक छलफल गर्न लागेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार