Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोलकाता नाइट राइडर्सको कप्तानमा श्रेयस अय्यर नियुक्त

एजेन्सी । कोलकाता नाइट राइडर्सले भारतीय ब्याट्सम्यान श्रेयस अय्यरलाई कप्तान नियुक्त गरेको छ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) को १५औं संस्करणको लागि कोलकाताले अय्यरलाई कप्तान नियुक्त गरेको हो ।

यसअघि आईपीएलमा दिल्ली क्यापिटल्सको कप्तानी गरिसकेका श्रेयसलाई कोलकाताले बुधबार कप्तान नियुक्त गरेको जनाएको छ । आईपीएल आगामी मार्च अन्तिमबाट सुरु गर्ने तयारी छ ।

केही दिनअघि मेगा अक्सनबाट कोलकाताले श्रेयसलाई १२ करोड २५ लाख भारुमा अनुबन्ध गरेको थियो । कोलकाताले यसअघिका कप्तान दिनेश कार्तिकलाई रिलिज गरेपछि नयाँ कप्तानको रुपमा श्रेयसलाई नियुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077