Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचन आयोगद्वारा स्थानीय तहको निवार्चनका लागि दल दर्ता आह्वान

काठमाडौं । निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गरेको हो ।

दल दर्तासम्बन्धी आह्वानको सूचना भोलि बिहीबार प्रकाशित हुने आयोगले जानकारी दिएको छ । आयोगले फागुन ५ गतेदेखि १५ गतेसम्म दल दर्ता गर्ने निर्णय गरेको हो ।

हाल निर्वाचन आयोगमा १०३ वटा दल दर्ता भएका छन् । निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्छ ।

यसअघि सरकारले आगामी वैशाख ३० गते का लागि स्थानीय तहको निर्वाचनको मिती तोकिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077