Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • इमर्जिङ नेपालको आईपीओ बाँडफाँड, ८ जना भाग्यशालीले पाए ११-११ कित्ता

    इमर्जिङ नेपालको आईपीओ बाँडफाँड, ८ जना भाग्यशालीले पाए ११-११ कित्ता

    अनलाइन नेपाल
  • बुधबार, ४ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ ।

    कम्पनीले गत माघ २६ गते बुधबारदेखि फागुन १ गते, आइतबारसम्म जारी गरेको एक सय रुपैयाँ अंकित ५ लाख ५५ हजार ६ सय कित्ता सेयर आज बाँडफाँड भएको हो ।



    जसमध्ये ५१ हजार ६३८ जनाले कम्पनीको सेयर हात पारेका छन् । गोलाप्रथाबाट भएको बाँडफाँडमा ५ हजार ६७० जनाले प्रतिव्यक्ति १० कित्ताका दरले र ८ जना भाग्यशाली आवेदकहरुले ११-११ कित्ता हात पारेको कम्पनीले जनाएको छ ।



    सेयर खरिदका लागि कुल २३ लाख २८ हजार ७ सय ६ जनाले आवेदन दिएका थिए । जसमध्ये, २ हजार ५ सय ५२ जनाको आवेदन रद्द भएको थियो भने, बाँकी योग्य लगानीकर्ताहरुलाई गोलाप्रथामा सामेल गराइएको थियो ।

    जस मध्येबाट ५ हजार ६७८ जनाले कम्पनीको सेयर हात पार्न सफल भएका हुन् । बाँकी २२ लाख ७७ हजार २८ जनाको हात खालि भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार