Online Nepal
  • बुधबार, १० पुष २०८१
  • एमाले सांसद एवं पूर्वमन्त्री मोहन बानियाँ विरुद्ध पक्राउ पुर्जी जारी

    एमाले सांसद एवं पूर्वमन्त्री मोहन बानियाँ विरुद्ध पक्राउ पुर्जी जारी

    अनलाइन नेपाल
  • बुधबार, ४ फाल्गुन २०७८
  • 2.7K
    SHARES

    सांसद मोहन बानियाँ

    काठमाडौं । एक शिक्षिकालाई बलात्कार गरेको अभियोगमा नेकपा एमालेका पूर्वमन्त्री तथा सांसद मोहन बानियाँ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    उनलाई जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेको हो । तत्कालिन केपी ओली सरकारको पालामा १० दिने मन्त्री बनेका बानियाँमाथि जुम्ला घर भएकी एक शिक्षिकालाई नेपालगञ्जस्थित होटल अप्सरामा लगेर बलात्कार गरेको आरोप छ ।



    २५ लाख रुपैयाँको चेक लिन आउ भन्दै होटलमा बोलाएको र आफूलाई दिनुपर्ने उक्त रकम नदिई बलात्कार गरेको ती शिक्षिकाको दाबी छ । सिसिटिभी फूटेज अनुसार उनीहरु दुबै जना विहान ८ बजे होटलबाट बाहिर निस्किएका थिए ।



    बाँके प्रहरीका अनुसार मुगुका सांसद समेत रहेका बानियाँले होटलको कोठा भने आफ्ना बडिगार्डको नाममा बुक गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार