Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • संगित निर्देशक बप्पी लाहिरीको मुम्बईको अस्पतालमा निधन

    संगित निर्देशक बप्पी लाहिरीको मुम्बईको अस्पतालमा निधन

    अनलाइन नेपाल
  • बुधबार, ४ फाल्गुन २०७८
  • 2.8K
    SHARES

    एजेन्सी । भारतीय संगित निर्देशक बप्पी लाहिरीको निधन भएको छ । ५९ बर्षीय लाहिरीको मुम्बईको क्रिटी केयर अस्पतालमा मंगलबार राति ११ बजे निधन भएको हो ।

    बप्पी लाहिरीले १९७०/८० को दशकका फिल्महरूमा डिस्को थिमका धेरै चर्चित गीतहरू दिएका थिए । उनी ‘चलते चलते’, ‘डिस्को डान्सर’ र ‘शराबी’ जस्ता चलचित्रमा चर्चित गीत दिएर परिचित थिए ।



    उनको अन्तिम हिन्दी गीत २०२० मा आएको फिल्म ‘बाघी ३’ को थियो ।



    बप्पी लाहिरीको जन्म २७ नोभेम्बर १९५२ मा पश्चिम बंगालको जलपाईगुडीमा भएको थियो, उनको नाम आलोकेश ‘बप्पी’ लाहिरी थियो, उनको फिल्मको लागि उनले आफ्नो नाम बप्पी लाहिरी रोजेका थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार