Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

‘घरघर जाऊ, कांग्रेस जिताऊ’ अभियान सञ्चालन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । स्थानीय निर्वाचनप्रति केन्द्रित हुँदै प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले एक महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार सम्पन्न बैठकले ‘घर घर जाऊ, कांग्रेस जिताऊ’ भन्ने अभियानका साथ पार्टीको सबै संरचना परिचालन गर्ने निर्णय गरेको छ ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार यो अभियान फागुन २० गतेदेखि चैत २० गतेसम्म सञ्चालन गरिने भएको छ । साथै कार्यसम्पादन समिति बैठकले अवधि समाप्त भएका नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघलगायत सबै भ्रातृ संस्था विघटन गर्दै फागुन मसान्तभित्र ती भ्रातृ संस्थाहरूको केन्द्रीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।

कांग्रेसभित्र सशक्त भ्रातृ संगठनका रूपमा रहेका नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघका साथै नेपाल किसान संघ, भूतपूर्व सैनिक संघ, नेपाल आदिबासी जनजाती संघ, नेपाल ठाकुर समाज, राष्ट्रिय लोकतान्त्रिक तामाङ संघलगायतका भ्रातृ संस्थाहरूको अवधि समाप्त भएका छन् । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077