Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी र एकीकृत समाजवादीलाई भट्टराईको कटाक्ष : 'भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो'

काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमसीसीको विरोध गर्नेहरु सरकारमा बस्न नमिल्ने बताएका छन् । गएराति सामाजिक सञ्जालमार्फत उनले एमसीसीका पक्ष र विपक्ष एउटै गठबन्धनमा रहन नमिल्ने जिकिर गरेका हुन् । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र जसपा एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा छन् भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले त्यसको विरोध गरिरहेका छन् । भट्टराईले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई लक्षित गरी एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने टिप्पणी गरेका हुन् । उनले लेखेका छन्, ‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति,राज्यप्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धनरसरकारमा बस्न मिल्दैन ! सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुदैन । भेडा भेडासंग बाख्रा बाख्रासंग हुनु राम्रो !'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077