Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधिसभा बैठकअघि माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक आज बस्दै छ । बिहान १० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बस्न लागेको हो । प्रतिनिधिसभाको बैठकअघि माओवादी केन्द्रले दलको बैठक बोलाएको हो ।

बैठकमा प्रतिनिधिसभा बैठकका कार्यसूचीलगायत विषयमा माओवादी केन्द्रका सांसदले निभाउने भूमिकाबारे छलफल हुने प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

विशेषगरी अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी र महाअभियोग प्रस्तावबारे बैठकमा निर्णय गरिने उनको भनाई छ ।

आजको प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनका लागि टेबल गर्ने तयारी गरिएको छ । सोही विरोधमा आज विप्लव लगायतका पार्टीहरुले नेपाल बन्दको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077