Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्डको दोहोरो चरित्रका कारण एमसीसी विवादमा परेको ईश्वर पोखरेलको आरोप

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहालको दोहरो चरित्रका कारण एमसीसी विवादमा परेको आरोप लगाएका छन् ।

मंगलबार जनकपुरधाममा नेकपा एमालेले आयोजना गरेको मधेश प्रदेश स्तरीय कार्यकता प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उपाध्यक्ष पोखरेलले दाहालले एमसीसीका बारेमा व्यक्ति र परिवेश अनुसार फरक फरक धारण राखेकै कारण एमसीसी विवादमा परेको आरोप लगाएका हुन् ।

एमसीसीका बारेमा पार्टीका नेता कार्यक्रताबीच एकनासको गठबन्धन तथा विदेशी शक्तिलाई अर्को किसिमको अभिव्यक्ति दिने दिएर एमसीसीलाई दाहालले गिजोल्ने काम गरेको उनले आरोप लगाए ।

दाहाल नेतृत्वको सरकारको पालामा स्वीकृत भएको एमसीसीलाई अहिले विवादमा पार्ने काम भइरहेको उनले बताए । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता पोखरेलले वर्तमान सत्तारुढ दलीय गठबन्धनलाई अव्यवहारिक र अप्राकृतिकको संज्ञा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077