Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको विपक्षमा उभिने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको विपक्षमा उभिने निर्णय गरेको छ ।

आज पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकले सत्तारुढ दलका सांसदहरूले जबरामाथि संसदमा दर्ता गरेको महाअभियोग प्रस्तावको विपक्षमा उभिने निर्णय गरेको हो ।

जबरामाथि लगाइएको महाअभियोगले न्याय क्षेत्रमा देखिएको बेथिति समाधान नगर्ने निष्कर्ष निकाल्दै राप्रपाले प्रस्तावको पक्षमा उभिन नसक्ने प्रस्ट पारेको छ ।

प्रधानन्यायाधीश जबरामाथि संसदमा दर्ता गरिएको महाअभियोग प्रस्तावको खेलमा आफ्नो पार्टी सहभागी नहुने निष्कर्ष बैठकले निकालेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकले न्यायालय राजनीतिक दलहरूकै दबाब, प्रभाव, हस्तक्षेप र भागबन्डाका कारण धराशायी भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077