Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सभामुखलाई प्रधानमन्त्रीको फोन: कार्यव्यवस्था समितिको बैठक बोलाउनु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई टेलिफोन गरेका छन् । फोनमा प्रधानमन्त्री देउवाले सभामुख सापकोटालाई कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह गरेका छन् ।

देउवाले मंगलबार सभामुख सापकोटालाई टेलिफोन गरी प्रतिनिधि सभा बैठकका कार्यसूची तय गर्न समितिको बैठक बोलाउन आग्रह गरेका हुन्।

प्रतिनिधि सभा बैठक बुधबार बस्ने तय भएको छ । तर कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने/नबस्ने तय भएको छैन । त्यसकै लागि प्रधानमन्त्री देउवाले सभामुख सापकोटालाई फोन गरेका हुन्।

प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबुल हुने सम्भावना छ । कानुनमन्त्री दिलेन्द्र प्रसाद बडुका अनुसार भोलिकै बैठकमा एमसीसी टेबुल गरौं भन्ने प्रस्ताव कांग्रेसले गरेको छ ।

यसअघि आज बसेको कांग्रेस संसदीय दलको बैठकमा उपस्थित अधिकांश सांसदहरुले एमसीसीको पक्षमा बहस गरेका थिए। उनीहरू सबैले छिटो भन्दा छिटो एमसीसी अनुमोदन गर्नुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077