Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • युक्रेन-रुस तनाव: फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने

    युक्रेन-रुस तनाव: फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने

    अनलाइन नेपाल
  • मंगलबार, ३ फाल्गुन २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा गरेका छन्।युक्रेन र रुसबीच बढ्दो तनावबीच यो घोषणा आएको हो ।

    जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गरेको विषय फेसबुकमा पोस्ट गर्दै, ‘हामीलाई भनिएको छ कि फेब्रुअरी १६ आक्रमणको दिन हुनेछ।’ उल्लेख गरेका छन्।
    उनले युक्रेनले बुधबार एकता दिवस मनाउने बताएका छन् । यस सम्बन्धी अध्यादेशमा हस्ताक्षर भइसकेको बताइएको छ ।



    रुसले युक्रेनी सीमानजिकै एक लाखभन्दा बढी सेना परिचालन गरेको छ । सेनाको उपस्थितिले अमेरिका र नाटो सहयोगीहरू बीच चिन्ता र तिक्तता बढाएको छ। तर रुसले निरन्तररूपमा आक्रमणको कुनै योजना नभएको बताउँदै आएको छ ।



    युक्रेन, रुस र नाटो राष्ट्रहरूका अधिकारीहरूले यस क्षेत्रमा तनाव कम गर्ने आशाका साथ पछिल्ला दिनहरूमा कूटनीतिक छलफललाई तिव्रता दिंदै आएका छन् । तर वार्ताले कुनै सफलता भने हाँसिल गर्न सकेको छैन।

    यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्दै रुसले युक्रेनमा आक्रमण गरेमा ‘छिटो र गम्भीर लागत’ लाग्ने बताएका थिए।

    बाइडेन प्रशासनका अधिकारीहरूले युक्रेनमाथि “अब कुनै पनि दिन” आक्रमण हुन सक्ने चेतावनी दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार