Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीको प्रवक्तामा एसएसपी तिउसीना

काठमाडौं। सशस्त्र प्रहरी बल, नेपालको कायम मुकायम प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कमल प्रसाद तिउसीनालाई दिइएको छ ।

यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठले पदावधिका कारण अनिवार्य अवकास पाउने भएपछि तिउसीनालाई सो जिम्मेवारी दिइएको हो ।

का.मु. एसएसपी तिउसीनालाई मोबाईल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना [email protected]मा सम्पर्क गर्न सकिने सशस्त्रले जनाएको छ ।

संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्नसूचनाहरु प्रवाह गर्ने जिम्मेवारी उनलाई दिइएको सशस्त्रको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077