Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

के डेब्यू सिजनमै आईपीएल उपाधि जित्ला लखनऊले ? यस्तो बन्यो अक्सनपछिको पूर्ण टिम

काठमाडौं । पहिलोपटक इण्डियन प्रिमियर लिग (आईपीएल) मा प्रवेश गरेको लखनऊ सुपर जायन्ट्सको टोलीले कुल २१ खेलाडी किनेको छ।

लखनऊको टोलीमा धेरै खेलाडी समावेश नभए पनि अनुभवी र आशा गरिएका खेलाडीहरु भने भित्रिएको देखिन्छ ।

जसमा मुम्बई इन्डियन्सबाट खेल्दै आएका क्विन्टन डी कक यो सिजन लखनउबाट खेल्ने भएका छन् । यस्तै, लखनउमा मार्कस स्टोइनिस, कर्ण शर्मा, कृष्णप्पा गौतम, जेसन होल्डर जस्ता ठूला अलराउण्डरहरुको नाम छ । होल्डरले गत वर्ष हैदरावादबाट खेल्दा राम्रो प्रदर्शन गरेका थिए ।

यसैगरी रवि बिश्नोई, मार्क वुड, दुष्मन्थ चमिरा, अंकित राजपूत जस्ता खेलाडीहरु लखनउमा छन् । आवेश खानलाई लखनउले १० करोडमा किनेको छ । आवेश अनक्याप्ड भारतीय खेलाडीमा सबैभन्दा महँगो बिक्री हुने प्लेयर हुन् । उनले गत वर्ष दिल्लीको लागि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

अक्सनपछि लखनउको टोली : केएल राहुल (कप्तान), मनिष पाण्डे, क्विन्टन डी कक, मनन वोहरा, इभिन लुइस, मार्कस स्टोइनिस, कृष्णप्पा गौतम, कर्ण शर्मा, जेसन होल्डर, काइल मेयर्स, दीपक हूडा, कृणाल पाण्ड्या, आयुष बडोनी, रवि बिश्नोई, मार्क वुड, दुष्मन्थ चमिरा, अंकित राजपूत, मोहसिन खान, शाहबाज नदीम, आवेश खान र मयंक यादव ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077