काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गराएको कांग्रेसले त्यस सम्बन्धमा छलफल गर्नको लागि भोलि (मंगलबार) विहान ९ बजेको लागि बैठक बोलाएको हो ।
बैठक संसद् भवनमा रहेको ल्होत्से हलमा बस्ने जनाइएको छ । हिजोमात्रै गठबन्धनमा आबद्ध ९८ जना सांसदहरुले प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गराएका थिए।
प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश जबरा स्वतः निलम्बनमा परेका छन् ।
यता प्रमुख विपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक अहिले जारी रहेको छ। बैठकमा जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ताबारे छलफल हुने बताइएको छ।
Leave a Reply