Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • कामु प्रधानन्यायाधीश कार्कीले आजका लागि बोलाए ‘फुल कोर्ट’

    कामु प्रधानन्यायाधीश कार्कीले आजका लागि बोलाए ‘फुल कोर्ट’

    अनलाइन नेपाल
  • सोमबार, २ फाल्गुन २०७८
  • 2K
    SHARES

    काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज सर्वोच्च अदालतको पूर्ण बैठक बोलाएका छन् ।

    दिउँसो १ बजेका लागि फुल कोर्ट बोलाइएको हो । बैठकमा प्रधानन्यायाधीश जबरालाई महाअभियोग लागेपछि विकसित घटनाक्रमबारे छलफल हुनेछ ।



    जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएशन आन्दोलनरत बनेपछि दुई धारमा बाँडिएका न्यायाधीशहरु पनि आजको पूर्ण बैठकमा सहभागी हुने भएका छन् ।



    आइतबार महाअभियोगको प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बनेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार