Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गगन थापाको नेतृत्वमा ९८ जना सांसदहरुद्वारा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका नेता गगन थापाको अगुवाइमा ९८ जना सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग दर्ता गरेका छन् । महाअभियोग दर्तापछि प्रधानन्यायाधीश राणा स्वत: निलम्बनमा परेका छन्।

संविधानको धारा १०१ मा महाभियोग प्रस्ताव दर्तासँगै प्रधान्यायाधीश स्वतः निलम्बित हुने व्यवस्था छ। राणा निलम्बित भएसँगै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले स्वतः कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी बहन गर्नेछन्।

राणाविरुद्धको महाभियोगमा हस्ताक्षर गर्नेहरुमा थापा, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू,पुष्पा भुसाल, देव गुरुङ र जीवनराम श्रेष्ठलगायत रहेका छन्।

राणामाथि मन्त्रिपरिषदमा भागबन्डा खोजेको, विभिन्न मुद्दाहरूमा सौदाबाजी गरेको, बिचौलियहरुसँग साँठगाँठ गरेकोलगायत दर्जनौं आरोप लागेका छन्। प्रधानन्यायाधीश राणाविरूद्ध न्याय क्षेत्रभित्रै दिनदिनै आन्दोलन भइरहेको छ ।

[insert page='114947' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077