Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माओवादीलाई विभाजन र बदनाम गर्ने षडयन्त्रविरुद्ध एकजुट होऔं : प्रचण्ड (भिडियो)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समूहमा छरिएर रहेका माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गरेका छन् ।

आइतबार जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकताबद्ध हुन ती घटकलाई आह्वान गरेका हुन् ।

‘आजको दिन ती तमाम क्रान्तिकारी साथीहरूलाई प्रतिगमनका निम्ति कम्तीमा पनि प्रतिक्रान्तिको षड्यन्त्रको निम्ति, माओवादी आन्दोलनलाई बद्नाम गर्ने षड्यन्त्रकोविरुद्ध फेरि एकचोटी एकताबद्ध हुन म विशेष रूपले अपिल गर्न चाहन्छु’, प्रचण्डले भने, ‘हामी सबैले आत्मसमीक्षा गरौँ । क-कसले कहाँ कहाँ के कति कमजोरी गर्‍यो ? खुला हृदयले आत्मसमीक्षा गर्न तयार होऔँ ।’

[insert page='114899' display='yopanipadhnuhos.php']

जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त उपलब्धिलाई उल्टाउने षडयन्त्र र माओवादी नेताहरुको बदनाम गर्ने अंग अन्तर्गत गलत प्रचार गरिएको प्रचण्डको भनाइ छ ।

प्रचण्डले भने, ‘अहिले हामीलाई बदनाम गर्ने, कमजोर पार्ने, विभाजित गर्ने तमाम षडयन्त्रलाई परास्त गर्दै अझ विजयी भएर समाजवादको यात्रामा अगाडि बढ्न सक्छौं भन्ने मेरो विश्वास अहिले पनि त्यत्तिकै कायम छ, जति जनयुद्धको सुरुवात गर्ने बेलामा थियो ।’

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077