काठमाडौं । आज पनि देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभिन्न चार वटा प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभावका कारण आंशिक देखि सामान्य बदली रहेको छ ।
हाल प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । यस्तै अहिले बिहान तराईका केही भू–भागमा हुस्सु लागेको छ ।
भने अन्य भूभागमा मौसम सफा रहेको छ ।तराई भू–भागका तथा नदीतटीय क्षेत्रमा लागेको हुस्सु÷कुहिरो बिस्तारै हटेर जाने महाशाखाको भनाई छ ।
दिउँसो देशभर आंशिक बदली रही सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ।
Leave a Reply