Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • आजदेखि सबै नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाइने

    आजदेखि सबै नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाइने

    अनलाइन नेपाल
  • आइतबार, १ फाल्गुन २०७८
  • 969
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना विरुद्धको बुस्टर डोज खोप लगाउने भएको छ ।

    दोस्रो डोज खोप लगाएका ६ महिना पूरा भएका सबैलाई आजदेखि बुस्टर डोज खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    बुस्टर डोजको रूपमा उपलब्धताका आधारमा कोभिसिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय भएको पनि मन्त्रालयले जनाएको छ ।



    कोरोना संक्रमण भएका व्यक्तिहरूले भने संक्रमणमुक्त भएको एक महिनापछि बुस्टर डोज खोप लिन मन्त्रालयले आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार