Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • कञ्चनपुरको शुक्लाफाँटामा बाघ गणना सुरु, ५२० वटा स्वचालित क्यामेरा जडान

    कञ्चनपुरको शुक्लाफाँटामा बाघ गणना सुरु, ५२० वटा स्वचालित क्यामेरा जडान

    अनलाइन नेपाल
  • शनिबार, २९ माघ २०७८
  • 1.4K
    SHARES

    कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना थालिएको छ । शनिबार वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले स्वचालित क्यामेराको ‘स्वीच अन’ गरेर बाघ गणनाको उद्घाटन गरेका हुन् ।

    बाघ गणनाका लागि २१ दिनसम्म शुक्लाफाँटा, लालझाडी र डडेल्धुराको जोगबुढा क्षेत्रमा हुने बाघ गणनामा ५२० वटा स्वचालित क्यामेरा र ७० जना प्राविधिक र ५ ओटा हात्ती परिचालन परिचालन गरिएको छ ।



    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर कुमार मेहताले बाघ गणना २१ दिनसम्म सञ्चालन हुने बताए ।



    उनले शुक्लाफाँटामा १९०, लालझाँडी–ब्रह्मदेव क्षेत्रमा २१४ र डडेल्धुराको जोगबुढा क्षेत्रमा ११६ वटा स्वचालित क्यामेरा जडान हुने बताए । शुक्लाफाँटामा सन् २००९ देखि बाघ गणना हुँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार