Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आइपिएलको मेगा अक्सनमा आज, नेपालबाट सन्दीप लामिछाने मात्र

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएलको मेगा अक्सन आजबाट सुरु हुँदैछ । भारतको बेङ्ग्लोरमा आज र भोलि दुई दिन मेगा अक्सन हुने भएको हो ।

अक्सनमा ३ सय ७८ भारतीय र २ सय २२ विदेशी खेलाडी रहेका छन् । आज पहिलो दिन ११ बजेबाट बैंलुरूमा हुने अक्सनमा ५९० खेलाडीमध्ये १६१ खेलाडीमाथि बोली लाग्नेछ । भने बाँकी खेलाडीको बोली भोलि आइतबार लाग्नेछ ।

नेपालबाट राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने मात्र अक्सनमा समावेश छन् । उनले अक्सनमा आफ्नो न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ तोकेका छन् ।

सन्दीपसहित कुल १५ खेलाडीले अक्सनका लागि नाम दर्ता गरे पनि लामिछाने मात्र छनोटमा समावेश भएका हुन् । अक्सनमा एक टोलीले बढीमा २५ र कम्तीमा १८ खेलाडी किन्नुपर्ने हुन्छ ।

यो सिजनमा दुई नयाँ फ्रेन्चाइज टोली गुजरात टाइटन्स र लखनऊ सुपर जायन्ट थपिएका छन् । यो सिजनमा १० वटा टिमको सहभागिता हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077