Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सत्ता गठबन्धन तोड्न नेतृत्वमाथि कांग्रेसभित्र दबाब बढ्दै

काठमाडौं । नेपाली कांग्रेसभित्र पाँच दलीय सत्ता गठबन्धन तोड्न नेतृत्वमाथि दबाब बढ्दै गएको छ । जारी कार्यसम्पादन समिति बैठकको दोस्रो दिन शुक्रबारको बैठकमा औपचारिक रूपमा नै गठबन्धनलाई तोडेर आगामी निर्वाचनमा कांग्रेस एक्लै अघि बढ्नुपर्ने आवाज उठेको हो ।

कांग्रेसको गत मंसिरमा सम्पन्न १४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित नेता डा। शेखर कोइरालाले पार्टीको औपचारिक बैठकमै गठबन्धनलाई अप्राकृतिक भन्दै निरन्तरता’दयगत प्रश्न गरेका हुन् ।

कोइरालाले स्थानीय तहको निर्वाचनमा अप्राकृतिक गठबन्धन छाडेर कांग्रेस एक्लै निर्वाचनको मैदानमा उत्रिनुपर्ने भन्दै कांग्रेसले कांग्रेसलाई रूखमै भोट हाल्न पाउनुपर्ने वातावरण बनाउनुपर्ने बताए ।

‘मैले विगतदेखि नै कांग्रेसले कांग्रेसलाई अर्थात् रूख छापमै मतदान गर्न पाउनुपर्छ भन्दै आएको तथ्यलाई यहाँ स्मरण गराउन चाहन्छु, यसको अभिप्राय भनेको हाम्रो राजनीतिक आदर्शविपरीत अप्राकृतिक गठबन्धन गर्नुको साटो पार्टीभित्र सुदृढ एकता कायम गर्दै, कार्यकर्ता साथीहरूको न्यायोचित व्यवस्थापन गरेर जाँदा कांग्रेस एक्लैले स्थानीय तहमा अत्यधिक सिट जित्न सक्छ,’ बैठकमा धारणा राख्दै कोइरालाले भने ।

उनले जारी बैठकमा आफ्नातर्फबाट पाँचबुँदे धारणा राखेका छन् । सो क्रममा कोइरालाले आगामी निर्वाचनका लागि पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रदेखि वडा तहसम्मको पार्टी संरचनालाई एकढिक्का बनाएर सञ्चालन गर्ने विश्वास आफूले लिएकोसमेत बताए । राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077