Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

१६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले बाँकी रहेका १६ जिल्लाको अधिवेशन फागुन १३ मा गर्ने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले बाँकी रहेका १६ जिल्लाको अधिवेशन आगामी फागुन १३ मा गर्ने निर्णय गरेको हो ।

मधेसका आठसहित १६ जिल्लामा फागुन १३ भित्र सम्पन्न गर्ने तयारी रहेको कार्यालयका सचिव केशव रिजालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा कांग्रेस जिल्ला अधिवेशन हुन बाँकी रहेको हो ।

पछिल्लो पटक काँग्रेसले माघ १५ गतेलाई अधिवेशनको मिति तोकेपनि कोरोनाका कारण स्थगित गरिएको थियो । त्यसअघि अनिश्चित बनेको अधिवेशन पुनः गर्न काँग्रेस जुटेको हो ।

प्रेस विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077