Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सोलुखुम्बु र ताप्लेजुङका सिडिओ हेरफेर, को कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई हेरफेर गरेको छ ।

मन्त्रालयले सोलुखुम्बु र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको हो ।

मन्त्रालय स्रोतका अनुसार सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेललाई ताप्लेजुङमा पठाइएको छ । यस्तै सोलुखुम्बुका सिडिओ गणेश विक्रम शाहीलाई फिर्ता गर्दै उनको ठाउँमा अनिल खनाललाई पठाइएको छ ।

यसैगरी ताप्लेजुङका सिडिओ उमेश पाण्डे दमक इलाका प्रशासन र सोलुखुम्बुका सिडिओ शाहीलाई धनुषा जिल्ला प्रशासनमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077