Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • अज्ञात बन्दुकधारीहरुद्वारा लिबियाका प्रधानमन्त्रीको गाडीमा आक्रमण

    अज्ञात बन्दुकधारीहरुद्वारा लिबियाका प्रधानमन्त्रीको गाडीमा आक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, २८ माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । अज्ञात बन्दुकधारीहरूको एक समूहले लिबियाका प्रधानमन्त्री अब्दुल-हमिद दबेबाहलाई लक्षित आक्रमण गरेका छन् ।

    लिबियाको आन्तरिक मन्त्रालयले जनाए अनुसार बिहीबार राजधानी त्रिपोलीमा प्रधानमन्त्रीलाई लक्षित गरि आक्रमण भएको हो ।



    ‘आज  प्रधानमन्त्रीको काफिलेलाई सुक अल–जुमा जिल्ला (मध्य त्रिपोली) मा लाइसेन्स प्लेट बिनाको गाडीमा सवार व्यक्तिहरूले सशस्त्र आक्रमणको शिकार बनाएको थियो,’ मन्त्रालयका प्रवक्ता अब्दुलमेनेम अल-अरबीले एक विज्ञप्तिमा भनेका छन् ।



    आक्रमणमा कुनै हताहत नभएको पुष्टि गर्दै अल-अरबीले देशको राजनीतिक घटनाक्रम’विरुद्धको विरोधपछि उक्त घटना भएको बताएका छन् ।

    आन्तरिक मन्त्रालयले यस आपराधिक कार्यको निन्दा गर्दै अपराधीहरूलाई न्यायको दायरामा ल्याउन अनुसन्धान भइरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार