Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • ओलीले भने- सभामुखले एमाले फोडे, उनकै कारण संसद भेन्टिलेटरमा पुग्यो

    ओलीले भने- सभामुखले एमाले फोडे, उनकै कारण संसद भेन्टिलेटरमा पुग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, २८ माघ २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाका कारण संसद भेन्टिलेटरमा पुगेको बताएका छन् ।

    शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    ‘हामी संसदमा सहभागी हुन चाहन्छौं । तर, सरकारले हामीलाई त्यो अवसर दिइराखेको छैन, ओलीले भने, ‘हाम्रो पार्टीविरुद्ध सभामुख पार्टी फोड्न सक्रिय रहन्छन् । सभामुख प्रतिपक्षविरुद्ध लड्छन् । सभामुखले पदीय मर्यादा ख्याल राखेनन् ।’



    आफूहरू संसद‍्मा सहभागी भएर प्रतिपक्षीको भूमिका निर्वाह गर्न इच्छुक भए पनि सरकारले अवसर नदिएको अध्यक्ष ओलीको भनाइ छ । ‘हामी संसद‍्मा सहभागी हुन चाहन्छौं, आफ्नो भूमिका प्रभावकारी बनाउन चाहन्छौं, तर सरकारले हामीलाई त्यो अवसर दिएको छैन’ ओलीले भने ।

    गत भदौदेखि नेकपा एमालेले संसद‍् बैठक लगातार अवरोध गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार