Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमसीसी पास गर्नु अपराध हो, यस्तो कार्य नेपालीको नेता हुँ भन्नेले गर्न मिल्दैन: भीम रावल

काठमाडौँ । नेकपा एमालेका नेता डा भीम रावलले अमेरिकी सहयोग परियोजना मिलिनियम कर्पोरेशन (एमसीसी) सम्झौता नेपालको स्वाधीनता, स्वतन्त्रता र हित विपरीत रहेको स्पष्ट पारेका छन्। सुरुदेखि नै एमसीसी राष्ट्रघाती सम्झौता र देशको हित विपरित रहेको दाबी गर्दै आएका रावलले आज पनि उही कुरा दोर्ह्याएका हुन् । विदेशी स्वार्थ लुकेको एमसीसी सम्झौताप्रति आखाँ चिम्लेर आत्मसमर्पण गर्नु देश र जनतामाथि अपराध हुने रावलको भनाइ छ। बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एमसीसी पास गराउन अमेरिकी विदेशमन्त्रीले दिएको दबाबपछि रावलले यस्तो बताएका हुन्। रावलले सामाजिक संजालमा लेखेका छन्, 'नेपालको स्वाधीनता, स्वतन्त्रता र हित विपरीतका एमसीसीका प्रावधानहरूप्रति आँखा चिम्लेर विदेशी स्वार्थ र दवावका सामु आत्मसमर्पण गर्नु देश र जनताप्रतिको गद्धारी र राष्ट्रलाई पराधीन तुल्याउने बाटोमा धकेल्ने अपराध हो । यस्तो अपराध नेपालीको नेता हुँ भन्नेले गर्न मिल्दैन।' यस्तै, नेता रावलले सत्तारुढ नेपाली कांग्रेसले एमसीसी जसरी पनि पास गर्नुपर्ने अडान राखेकोमा आपत्ति समेत जनाएका छन् । कांग्रेसले १९५० को सन्धिको समर्थन, कोशी, गण्डकी र महाकाली सम्झैता गरी राष्ट्रिय स्वाधीनता र हितमा गरेको आघातको इतिहासलाई एमसीसीमार्फत् फेरि बल्झाउन खोजेको रावलको आरोप छ। ट्वीटरमा रावल लेख्छन्, 'नेपाली कांग्रेसले १९५० को सन्धिको समर्थन, कोशी, गण्डकी र महाकाली सम्झैता गरी राष्ट्रिय स्वाधीनता र हितमा गरेको आघातको इतिहासलाई राष्ट्रघाती प्रावधान रहेको एमसीसी सम्झौताको समर्थन गरी फेरी बल्झाउदै छ।उदारवादको हल्ला चलाई देशका उद्योगधन्दा खतम गरी परनिर्भता बढाउने पनि कांग्रेसै हो।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077