Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानसेनापति शर्माद्धारा सुदूरपश्चिमका प्रदेश प्रमुख जोशी, मुख्यमन्त्री र कानुनमन्त्रीसँग छलफल

कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी र प्रधानसेनापति प्रभुराम शर्माबीच आज धनगढीमा भेटवार्ता भएको छ ।

धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख र प्रधानसेनापति शर्माबीच भेटवार्ता भएको हो ।

दुईजना बीच समसामयिक विषयमा छलफल भएको प्रदेश प्रमुखका प्रेस सहयोगी छक्क मल्लले जानकारी दिए ।

यसैगरी प्रधानसेनापति शर्माले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीसँग पनि भेटघाट गरेका छन् ।

भेटवार्ताका क्रममा प्रधानसेनापति शर्माले प्रदेशको शान्ति सुरक्षा, विपद् जोखिम न्यूनीकरण लगायतका विषयमा छलफल गरी जानकारी लिएका हुन् । आजै प्रधानसेनापति शर्मा दार्चुला पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077