Online Nepal
  • बिहिबार, १८ पुष २०८१
  • मन्त्री आलेविरुद्धको रिट बोकेर सर्वोच्च पुग्यो बतास समूह, करोडौं घाटा भएको गुनासो

    मन्त्री आलेविरुद्धको रिट बोकेर सर्वोच्च पुग्यो बतास समूह, करोडौं घाटा भएको गुनासो

    अनलाइन नेपाल
  • बिहिबार, २७ माघ २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । बतास समूहले सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।

    बतास समूहले मन्त्रीबाट आफू अन्यायमा परेको जनाउँदै उनीविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्ने तयारी गरेको हो ।



    सर्वोच्च अदालत स्रोतका अनुसार बतास फाउण्डेशनको नामबाट बुधबार मन्त्री आलेविरुद्ध रिट परेको छ । यद्यपि उक्त रित दर्ता भने भएको छैन । अहिले उक्त रिटमाथि अध्ययन भइरहेको स्रोतको भनाइ छ।



    यसअघि बतास समूहले नारायणहिटी दरबार संग्रहालयमा क्याफ्टेरिया सञ्चालन गर्ने तयारी गरेको थियो । उक्त कार्यलाई मन्त्री आलेले रोकेका थिए । त्यति मात्र होइन मन्त्री आलेले बतासले सञ्चालन गर्दै आएको पशुपतिस्थित धर्मशाला पनि सञ्चालनमा रोक लगाएका थिए ।

    केही दिनअघि मात्र बतास समूहले विज्ञप्ति जारी गरी मन्त्री आलेको निर्णयले आफूलाई करोडौं रुपैयाँ घाटा भएको जनाएको थियो । विज्ञप्तिमा बतास समूहले त्यसवापत क्षतिपूर्तिको माग समेत गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार