Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • क्यानडामा ट्रक चालकको प्रदर्शन : प्रधानमन्त्री ट्रुडोद्धारा आन्दोलनप्रति आक्रोश व्यक्त

    क्यानडामा ट्रक चालकको प्रदर्शन : प्रधानमन्त्री ट्रुडोद्धारा आन्दोलनप्रति आक्रोश व्यक्त

    अनलाइन नेपाल
  • बिहिबार, २७ माघ २०७८
  • 924
    SHARES

    एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले देशभरिका ट्रक चालकले गरेको आन्दोलनप्रति आक्रोश व्यक्त गरेका छन् । उनले त्यसलाई ‘अस्वीकार्य’ समेत भनेका छन्।

    त्यहाँको प्रहरीले समेत दुई सातादेखि राजधानी सहर ठप्प पारेका लरी चालकहरूलाई आपराधिक अभियोगमा पक्रन सक्ने चेतावनी दिएको छ।



    ओटावाका सडक अवरोध पार्नेजस्ता कामलाई आपराधिक कार्य मान्न सकिने भन्दै प्रहरीले त्यस्तो काम बन्द गर्न वा अभियोग सामना गर्न तयार रहन सजग गराएको छ।



    लरी चालकहरूले अनिवार्य रूपमा खोप लगाउनु पर्ने वा परीक्षण गर्नुपर्ने विषयलाई लिएर सुरु भएको प्रदर्शन अहिले निकै व्यापक भएको छ। ओटावास्थित संसद्‍मा बुधवार बोलेका ट्रुडोले कोभिड नियमहरूको बचाउ गरेका छन्।

    ‘अवरोध, गैरकानुनी प्रदर्शनहरू अस्वीकार्य छन् र तिनले व्यावसाय र उत्पादनमा नकारात्मक असर पारेका छन्,’ उनले भने।यसलाई अन्त्य गर्न हामीले सबथोक गर्नुपर्छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार