काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय पदाधिकारी बैठक आज बस्दैछ ।
आज बिहान साढे ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने भएको हो ।
निवर्तमान अध्यक्ष कमल थापाले मंगलबार पार्टी परित्याग घोषणा गरेपछि राप्रपाले पदाधिकारी बैठक बोलाएको हो ।
बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा र आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।