Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • मृत्यु प्रमाणपत्र कीर्ते गरेको आरोपमा एकजना चिनियाँ नागरिक पक्राउ

    मृत्यु प्रमाणपत्र कीर्ते गरेको आरोपमा एकजना चिनियाँ नागरिक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २६ माघ २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । मृत्यु प्रमाणपत्र कीर्ते गरेको आरोपमा एकजना चिनियाँ नागरिक पक्राउ परेका छन् । काठमाडौंको टेकुस्थित शुक्रराज अस्पतालबाट वाङ् योङ्ग नाम गरेका चिनियाँ नागरिक विभिन्न कागजपत्रसहित पक्राउ परेका हुन् ।

    नक्कली मृत्यु प्रमाणपत्र बोकी हिडेको भन्ने गोप्यसूचनाका आधारमा महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरीद्वारा टोलीले उनलाई पक्राउ गरेको हो । ती चिनियाँ नागरिलाई लिखित कागजात तथा सामानसहित नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेश राज मैनाली जानकारी दिए ।



    उनका साथबाट कालो रंगको भिर्ने झोला, वाङ् योङ्ग र सिएओ जेआई नाम गरेका दुई ओटा राहदानी, ग्रिन सिटी अस्पतालको नाममा जारी गरिएको मृत्यु प्रमाणपत्र सहितको कागजात, पशुपति आर्यघाट सेवा केन्द्रको नाममा जारी गरिएको कागजात र ओप्पो कम्पनीको मोबाइल सेट बरामद गरिएको छ ।



    घटनाको सम्बन्धमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५अन्तर्गत दफा २७६ को उपदफा (१) ‘किर्ते गर्न नहुने कसूर’ मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिएर महानगरीय प्रहरी बृत्त कालीमाटीबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार