Online Nepal
  • बुधबार, १० पुष २०८१
  • निगमले आइओसीलाई पठायो ८ अर्ब, पेट्रोलियम पदार्थको मूल्य अझैँ बढ्ने

    निगमले आइओसीलाई पठायो ८ अर्ब, पेट्रोलियम पदार्थको मूल्य अझैँ बढ्ने

    अनलाइन नेपाल
  • बुधबार, २६ माघ २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई करिब ८ अर्ब रुपैयाँ भुक्तानी गरेको छ ।

    निगमका निमित्त नायव कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार मंगलबार निगमले आईओसीलाई सो रकम भुक्तानी गरेको हो । यसअघि जनवरी २३ मा पनि निगमले आईओसीलाई १३ अर्ब बढी भुक्तानी गरेको थियो।



    निगमले हरेक अंग्रेजी महिनाको ८ र २३ तारिखमा आईओसीलाई रकम भुक्तानी गर्ने गरेको छ । अब आगामी २३ तारिखमा करिब १२ अर्ब रुपैयाँ पठाइने निगमले जनाएको छ ।



    निगमले सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको बताउँदै आएको छ । निगमका अनुसार अब मूल्य स्थिरीकरण कोषमा ६ अर्ब रुपैयाँ बाँकी छ । स्वचालित मूल्य प्रणालीअनुसार समयमै मूल्य समायोजनको निर्णय नहुँदा निगमलाई ठूलो नोक्सानी भएको साहको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार