Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • सिंहदरबारमा गृहमन्त्री खाँण र अर्थमन्त्री शर्माबीच निर्वाचनलक्षित बजेटबारे छलफल

    सिंहदरबारमा गृहमन्त्री खाँण र अर्थमन्त्री शर्माबीच निर्वाचनलक्षित बजेटबारे छलफल

    अनलाइन नेपाल
  • बुधबार, २६ माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच स्थानीय तहको निर्वाचनलक्षित बजेटबारे छलफल भएको छ ।

    बुधबार सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा निर्वाचनलक्षित बजेट केन्द्रित बिषयबारे छलफल भएको हो।



    मन्त्रालयका अनुसार छलफलमा  विशेषगरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी) का लागि अत्यावश्यक सवारीसाधन र बन्दोबस्तीका सामानबारे कुराकानी भएको छ । छलफलपछि गृहले विहीबारसम्म चालूतर्फको समेत बजेट यकिन गरेर अर्थमन्त्रालयमा पठाउनेछ ।



    गृहमन्त्री खाँणको पहलमा भएको छलफलमा गृहसचिव टेकनारायण पाण्डे, अर्थसचिव मधु मरासिनीसहित गृहका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला, योजना महाशाखा प्रमुख डा. भिष्मकुमार भुसालसहित सम्बन्धित महाशाखाका कर्मचारीहरूको सहभागीता रहेको थियो ।

    सरकारले स्थानीय तहको निर्वाचनका आगामी बैशाख ३० गते  गर्ने तयारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार