Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • न्युयोर्कमा अबदेखि मास्क लगाउन नपर्ने, भ्याक्सिनको प्रमाण पनि नचाहिने

    न्युयोर्कमा अबदेखि मास्क लगाउन नपर्ने, भ्याक्सिनको प्रमाण पनि नचाहिने

    अनलाइन नेपाल
  • बुधबार, २६ माघ २०७८
  • 2.4K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । कोरोना संक्रमणदर घट्दै गएपछि न्युयोर्कमा मास्क अनिवार्य लगाउन नपर्ने भएको छ । व्यवसायहरुले ग्राहकलाई भ्याक्सिनको पूर्ण डोज लगाएको प्रमाण माग्नुपर्ने वा मास्क अनिवार्य लगाउन भन्नुपर्ने नियम आजबाट हट्ने भएको हो ।

    गभर्नर क्याथी होचुलले आजदेखि मास्क अनिवार्य लगाउनु पर्ने नियम हटाउने घोषणा गरेकी हुन् । अहिलेसम्म न्युयोर्कका रेष्टुरेण्ट लगायतका इन्डोर व्यवसायमा प्रवेश गर्दा या त भ्याक्सिनको पूर्ण डोज लगाएको प्रमाण देखाउनुपर्छ या त भित्र हुन्जेल मास्क अनिवार्य लगाउनुपर्छ ।



    तर संक्रमणदर घट्दै गएपछि न्युयोर्क राज्यभर मास्क अनिवार्यको नियम हटाइने भएको हो । न्युयोर्कका विद्यालयहरुमा मास्क अनिवार्य गर्ने नियम गभर्नर होचुलले जारी राख्नेछिन् वा हटाउनेछिन्, त्यो भने अझै स्पष्ट छैन । न्युयोर्कका विद्यालयहरुमा मास्क अनिवार्य गर्ने नियमको म्याद अब दुईसातामात्र बाँकी रहेको छ ।



    क्यालिफोर्नियाले आगामी सातादेखि मास्क अनिवार्य नगर्ने घोषणा गरे लगत्तै न्युयोर्कमा पनि मास्क अनिवार्य गर्ने नियम हटाउने घोषणा गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार