काठमाडौं । लोक सेवा आयोगले एक सचिव पदका लागि तीनजना सहसचिवको नाम सिफारिस गरेको छ ।
आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आज बसेको बढुवा सिफारिस समितिको बैठकले सचिवका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको हो ।
सिफारिस हुनेमा सहसचिवत्रय मुकुन्द प्रसाद निरौला, विनोद प्रकाश सिंह र गोपीकृष्ण खनाल रहेका छन् ।
अब सिफारिसमा परेकामध्ये एकजनालाई मन्त्रिपरिषद्ले सचिवमा नियुक्त गर्नेछ ।
Leave a Reply