Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अत्यन्त भारी मन र पीडाबोधका साथ राप्रपा छाडेको हुँ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेको घोषणा गरेका पूर्वउपप्रधानमन्त्री कमल थापाले भारी मन तथा पीडाबोधका साथ आफूले यस्तो निर्णय गरेको बताएका छन्। राप्रपाबाट अलग भएको विज्ञप्ति सामाजिक सञ्जालमा शेयर गर्दै थापाले ३१ वर्ष राप्रपामा रहँदा विताएका क्षणहरुप्रति आफूले सदैव गौरव गरिरहने बताएका छन्। 'अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु। ३१ वर्ष राप्रपामा रहँदा विताएका क्षणहरुप्रति म सदैव गौरव गरिरहने छु। राप्रपाका कुनै साथीहरुसँग मेरो वैरभाव छैन। सबैको भलो होस् भन्ने कामना गर्दछु,' थापाले सामाजिक सञ्जालमा लेखेका छन्। पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृतिलाई सुधार गरेर पार्टीमै क्रियाशील रहने चाहना भएपनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि अप्रिय निर्णय लिन बाध्य भएको थापाको भनाइ छ। थापाले विगतमा गीता छोएर कसम खाँदै राप्रपा कहिले नफुटाउने भनेका थिए । तर, आफ्नो हारको कारण निर्मल निवासको हस्तक्षेपका रहेको थापाको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077