Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सप्तकोशी नदीमा ३० हजार माछाका भुरा छाडियो

सप्तरी । मधेश प्रदेश र प्रदेश १ को अन्तिम सिमामा पर्ने सप्तरी र सुनसरी जिल्ला जोड्ने सप्तकोशी नदीमा ३० हजार माछाका भुरा छाडिएको छ ।

प्राकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौडा मकवानपुरद्वारा कोशी नदीमा रेहु र नैनी जातका ३० हजार माछाका भुरा सोमबार छाडिएको हो ।

प्राकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौडाका कार्यालय प्रमुख सरोज कुमार यादवले जलीय जैबिक विविधता संरक्षण तथा प्राकृतिक जलाशयमा आश्रित समुदायको आयस्तर अभिबृद्धिका लागि स्थानीय जातको माछा नदीमा छाडिएको बताए ।

खोला नालामा फोहोर ढल मिसाउने, बिषादी हाल्ने, करेन्ट लगाउने, पासो थाप्ने लगायतका कारणबाट जलचर मासिने क्रम बढेकाले यसको संरक्षण गरी नदीमा आश्रित समुदायको जिवनस्तर उकास्नका लागि आफूहरुले सो उदेश्यले यो काम गरेको प्रमुख यादवले बताए ।

नेपालमा ४ लाख १ हजार हेक्टर प्राकृतिक जलाशयको क्षेत्रफल रहेको र देशमा उत्पादन हुने कुल ९७ हजार मेट्रिक टन माछा मध्ये २१ प्रतिशत प्राकृतिक जलाशयबाट उत्पादन हुने उनको भनाई छ । प्राकृतिक जलाशयमा ४ लाख जनसंख्या निर्भर रहेको समेत उनले बताए ।

कोशी टप्पु वन्यजन्तु आरक्षका वार्डेन रामचन्द्र खतिवडाले कोशी नदीमा प्रदूषणले माछाको कमी भएका कारण माछाका भुर्रा छाडिनु राम्रो भएको बताए । यसले जलाशयको स्तरबृद्धि र माछा मारेर गुजारा चलाउनेको हित हुने उनले बताए ।

साना माछा मार्ने काम गरेमा माछाको बृद्धिविकासमा समस्या हुने बताउदै उनले कोशी नदीमा कोशी टप्पु वन्यजन्तुको अगुवाइमा यसअघि २० वटा घडियाल गोही समेत छाडिएको जानकारी गराए । उनले माछा र घडियाल गोहीको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077