Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महामन्त्री थापाले भने-'संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन'

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन टार्ने गरी भएका अनेकन बहस मिति घोषणा भएसँगै सकिएको बताएका छन् ।

आज विहान समाजिक सञ्जालमार्फत महामन्त्री थापाले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा भएसँगै निर्वाचन टार्ने गरी भएका अनेकन बहस सकिएको प्रतिक्रिया दिएका हुन् । महामन्त्री थापाले संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई नभएको समेत उल्लेख गरेका छन् ।

वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त भएको उनले बताए । महामन्त्री थापाले तोकिएको मिति संविधानको मर्म अनुरुप रहेको बताए । वैशाख ३० को मिति तोकिएसँगै स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको उनको भनाइ छ।

उनले लेखेका छन्,'वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ,संविधानको मर्म अनुरूप छ।स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ। अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्। सबैले सदैव हेक्का राख्नु पर्दछ-संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077