Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गैरकानुनी रुपमा विदेश पठाउने शैक्षिक संस्थालाई कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी

काठमाडौं । गृह मन्त्रालयले गैरकानुनी रूपमा विद्यार्थीलाई विदेश पठाउने शैक्षिक परामर्श व्यवसायीलाई कारबाही गर्ने भएको छ । इजाजत नलिई गैरकानुनी रुपमा विदेश पठाउने शैक्षिक परामर्शदाता संस्थाहरुविरुद्ध उजुरी दिन मन्त्रालयले आग्रह गरेको छ ।

मबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले विद्यार्थीलाई विदेश पठाउदा प्रचलित कानुन विपरीत काम गरेको पाइए त्यस्ता गतिविधिमा संलग्न संस्था, समूह र व्यक्ति जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

पछिल्लो समय त्यस्ता उजुरी र गुनासोहरु बढिरहेको मन्त्रालयले जनाएको छ । यस्ता संस्थाहरुमाथि सरकारले निगरानी गरिरहेको मन्त्रालयले जनाएको छ ।

'गैरकानुनी काम गर्ने शैक्षिक परामर्शदाता संस्थाहरु, अनधिकृत रुपमा ईजाजत नलिई अनलाईन रुपमा विज्ञापन गर्ने शैक्षिक संस्थाहरु, अवैध रुपमा विदेशस्थित विभिन्न देशका शैक्षिक संस्थाहरुको प्रतिनिधिको रुपमा कार्य गर्ने व्यक्तिहरु उपर सरकारले निगरानी गरिरहेको छ,' विज्ञप्तिमा भनिएको छ,‘त्यस्ता गतिविधिमा संलग्न हुने जोसुकैलाई पनि प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077