Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मतदाता नामावली संकलन कार्य भोलिदेखि स्थगित गर्ने निर्णय

काठमाडौं । निर्वाचन आयोगले भोलिदेखि मतदाता नामावली संकलनको काम स्थगित गर्ने भएको छ ।

आज बसेको आयोगको बैठकले मतदाता नामावली संकलनको काम स्थगित गर्ने निर्णय गरेको हो ।

मतदाता नामावली संकलनको काम भोलिदेखि स्थगित गर्ने निर्णय भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।

सरकारले आज स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि आयोगको बैठकले मतदाता नामावली संकलनको काम स्थगित गर्ने निर्णय गरेको हो ।

नामावली संकलनको काम स्थगित गरेर मंगलबारदेखि नै अद्यावधिक गर्ने काम सुरु हुने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077